वरिष्ठ पत्रकार एवं कूटनीतिज्ञ कमल प्रसाद कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ। पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका सुपुत्र कोइरालाको उपचारका क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा आइतबार राति ९ बजे निधन भएको हो।

केही दिनअघि घरमै लड्नुभएका कोइरालालाई उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।

१९९५ वैशाखमा विराटनगरमा जन्मिएका उनी कोइराला परिवारका एक मात्र कम्युनिष्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने उनले विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रुपमा काम गरेका थिए । स्वर्गीय कोइरालाका एक छोरा र एक छोरी छ्न्।

२०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ जिल्लाबाट निर्वाचित भएका कोइराला तीन वर्ष दक्षिण कोरियाका लागि नेपाली राजदूत रहेका थिए।

छापा पत्रकारितामा लामो समय सक्रिय वरिष्ठ पत्रकार कोइरालाले २०४७ सालपछि दृष्टि साप्ताहिकको प्रधान सम्पादकका रूपमा काम गरेका थिए। उनले लामो समय ‘साँघु साप्ताहिक’ मा स्तम्भ लेखनको कामसमेत गरेका थिए।

पूर्वसांसदसमेत रहेका दिवङ्गत कोइरालाको आज बिहान ११ बजे नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा श्रद्धाञ्जली दिई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *