Month: April 2025

आईपीएलः चेन्नईको मैदानमा हैदराबादको पहिलो जित

इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई ५ विकेटले हराएको छ। हैदराबादले चेन्नईले दिएको १५५ रनको लक्ष्य ८ बल बाँकी रहँदा पाँच विकेटको क्षतिमा पूरा गरेको हो।…

बन्दुक पड्किएर सङ्खुवासभामा एक जनाकाे ज्यान गयाे

सङ्खुवासभामा साथीले बोकेको बन्दुक पड्किएर एक जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले सभापोखरी गाउँपालिका–५ बाह्रबीसे खुसीबुङमा साथीले बोकेको भरुवा बन्दुक पड्किदा २५ वर्षका…

रुकुम पूर्व केन्द्रबिन्दु बनाएर ४.२ रेक्टरको भूकम्प

रुकुम पूर्व जिल्लाको रनमामाईकोट क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको छ। आज बिहीबार बेलुका ७:३४ बजे भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।…

नवनियुक्त शिक्षामन्त्री पन्तद्वारा शपथ ग्रहण

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शपथ लिनुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज एक कार्यक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री पन्तलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा…

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषद् बैठकका १९ निर्णय:

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ। वैशाख ११ गतेका लागि तोकिएको कक्षा १२ को परीक्षा शिक्षकको आन्दोलनका कारण २१ गतेका लागि सारेर परीक्षा बोर्डले नियमित तथा आंशिकतर्फका…

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई बर्खास्त गरेका छन्। प्रधानमन्त्री ओलीविरुद्ध अभिव्यक्ति दिएका ऊर्जा राज्यमन्त्री तामाङलाई माफी माग्न अस्वीकार गरेको भन्दै ओलीले बुधबार बर्खास्त…

कश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने

भारतको काश्मिरस्थित पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग गरेको पहलपछि उनको शव ल्याउने…

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

तारकेश्वर नगरपालिका–५ मुड्खु चेकपोष्ट नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ। मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका–३ मुड्खु बस्ने काठमाडौँ सिनामङ्गल घर भएका २९ वर्षीय सुरज हुमागाईँको बा ५७…

रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त

नेकपा एमालेका नेता रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई आज शिक्षामन्त्री नियुक्त गरेका हुन्। शिक्षामन्त्री विद्या भट्टराईले…