दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा आज नेपाल र भुटान खेल्दैछन्। खेल बंगलादेशको ढाकास्थित किङ्स एरेनामा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ।

जारी प्रतियोगितामा नेपालले भुटानसँग दोस्रो खेल खेल्न लागेको हो। यसअघि पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोलले हराएको थियो। प्रतियोगितामा घरेलु टोली बङ्गलादेशसहित नेपाल, भुटान र श्रीलंका सहभागी छन्। डलब राउन्ड रोबिनका आधारमा खेल भइरहेको हो।

यसअघि नेपालले श्रीलंकासँगका दुई खेलमा पनि जीत निकालेको थियो। नेपालले श्रीलंकालाई पहिलो र दोस्रो खेलमा समान ७ गोलले हराएको थियो। आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ३–२ गोलले पराजित भएको थियो। बंगलादेशले चार खेलमा जीत निकालेको छ। अंक तालिकामा बंगलादेश १२ अंकका साथ शीर्ष र नेपाल समान खेलमा ९ अंकका साथ दोस्रो स्थानमा छ।

लिग चरणपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *