चक्रे मिलन भनेर चिनिने मिलन गुरुङ एक लाख १० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार धरौटीमा रिहा गर्न आदेश गरेको हो। 

गोरखाको सिरानचोक गाउँपालिका-५ का चक्रे मिलनविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको र प्रहरीको अनुसन्धानपछि बिहीबार जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले बिहीबार अदालतमा मुद्दा दर्ता गरेको थियो। 

सर्लाहीको हरिवनका मनीष रायमाझीलाई ज्यान मार्ने उदेश्यले कुटपिट गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले प्रहरीमा जाहेरी दिएका थिए। 

यही साउन १५ गते जन्मदिन मनाइरहँदा काठमाण्डौ महाराजगञ्जबाट उनी पक्राउ परेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *