हरितालिका तीजको दिन आज सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ १ हजार ५ सय रुपैयाँ बढेर १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।
सोमबार एक तोला सुन रु एक लाख ९७ हजार २०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३५५ मा खरिदबिक्री भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ ५ रुपैयाँले बढेर तोलाको २ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
