लुना लुइँटेलले यस वर्षको मिस नेपाल वर्ल्डको ताज पहिरिएकी छिन्।
शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्राण्ड फिनालेमा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी मिस नेपालको टाइटल जित्न सफल भएकी हुन्।उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्।
यस्तै, मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्डारीले जितिन्। यस्तै दिपशिखा नेपाल फस्ट रनरअप बनिन्।
सो अवसरमा निर्णायक मण्डलले अन्य टाइटल विजेताहरू मिस कन्फिडेन्ट – प्रगिका क्षेत्री, मिस टाइमलेस एलिगेन्स – उरुशा भण्डारी, मिस हेल्दी स्किन – आरती थापा, मिस ग्रीन भिजनरी – जगदिश्वरी शाह, मिस प्रिस्टिन – प्रियंका थापा, मिस पपुलर च्वाइस – उरुशा भण्डारी, मिस ब्यूटिफुल हेयर – स्वेच्छा थापा, मिस एम्पावर्ड च्वाइस– दीपशिखा नेपाल, फेस अफ द इयर – स्मृति श्रेष्ठ लाई घोषित गर्यो।
हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा सहभागी प्रतियोगीहरूले आफ्नो प्रतिभा, आत्मविश्वास र सौन्दर्य प्रस्तुत गरेका थिए। विजेताहरुलाई आयोजक तथा निर्णायक मण्डलका सदस्यहरूले ताज र प्रमाणपत्र प्रदान गरेका थिए।
