गंगा सोनाम नेपाल आइडल सिजन–६ को विजेता भएकी छन्।

ललितपुरमा भएको ‘ग्राण्ड फिनाले’मा उत्कृष्ट चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनाम विजेता भएकी हुन्। विजेता सोनामले रु. २५ लाख नगद पुरस्कार प्राप्त गरेकी छन्।

प्रतियोगितामा बबिता थापामगर फस्ट रनरअप बन्न सफल भइन्, जसले नगद १० लाख रुपैयाँ जितिन्। दर्शना गान्धारी सेकेन्ड रनरअप बनिन् र उनले ५ लाख रुपैयाँसहित विभिन्न उपहारहरू प्राप्त गरिन्।

यस सिजनमा फस्ट रनरअप बनेकी बबिता थापामगरले १० लाख रुपैयाँ पुरस्कार पाएकी छन् भने सेकेन्ड रनरअप दर्शना गान्धारीलाई ५ लाख रुपैयाँ प्रदान गरिएको छ।

त्यस्तै चौथो स्थानमा रहेका अभिनय खाती र पाँचौँ स्थानमा रहेका मृनल मानन्धरले जनही १ लाख रुपैयाँ प्राप्त गरेका छन्।

विजेतालाई पुरस्कार वितरण गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेतालाई शुभेच्छा प्रकट गरे। ‘नेपाल आइडल नेपालको हिरो कार्यक्रम हो। यो प्रतियोगिता सुरु भए पछि नै अरु नयाँ नयाँ प्रतियोगिताहरू सुरु भएका छन्। नेपाल आइडल सधैँ हिरो कार्यक्रमका रूपमा रहनेछ’, उनले भने।

२०८२ जेठ २ गतेदेखि सुरु भएको नेपाल आइडल सिजन–६ को मुख्य निर्णायकमा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद रिजाल थिए।

ग्राण्ड फिनालेको सुरुवातमा पहिलो प्रस्तुति बविता थापामगर, दोस्रो प्रस्तुति मिलन मानन्धर, तेस्रो प्रस्तुति गंगा सोनाम, चौथो प्रस्तुति दर्शना गान्धारी र पाँचौँ प्रस्तुति अभिनय खातीले प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *