नेपाल र बंलादेशबीचको दशरथ रङ्गशालामा आज साँझका लागि तय दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ।
राजधानीको सुरक्षा अवस्था बिग्रिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र बंगलादेशबीचको खेल स्थगित गर्ने निर्णय गरेको हो।
भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताको प्रदर्शनका क्रममा काठमाडौँ सहित देशभर अप्रिय घटना भएपछि खेल नहुने भएको हो।
दुईदेशबीच गएको शनिबार भएको खेल गोलरहित बराबरीमा सकिएको थियो।

