दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमूनीको च्याम्पियनसिप फुटबल खेल्न नेपाली टोली आज श्रीलङ्का जाँदैछ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हिजो एक कार्यक्रमकाबीच नेपाली टोलीलाई बिदाइ गर्यो। टोली आज श्रीलङ्काको राजधानी कोलम्बो प्रस्थान गर्नेछ। साफ यू-१७ च्याम्पियनसिपमा यही सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकामा आयोजना हुँदैछ।

मुख्य प्रशिक्षक संजीत सिंहले त्यसका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेका छन्। समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल सेप्टेम्बर १५ मा घरेलु टोली श्रीलंकासँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। त्यस्तै आउँदो असोज १ अर्थात् सेप्टेम्बर १८ तारिखमा बङ्गलादेशसँग खेल्नेछ।

समूह ‘ए’ मा श्रीलङ्का, नेपाल र बङ्गलादेश तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन्।

च्याम्पियनसिपमा सेमिफाइनलका खेलहरु सेप्टेम्बर २५ र फाइनल सेप्टेम्बर २७ मा हुनेछ ।

नेपाली टोली:

गोलकिपर: पेम्बा नुर्बु भोटे, राम बोहरा, बिशेष बानियाँ

डिफेन्डर: प्रशान्त मोक्तान, दिपेन कार्की, धिरज रावल, आदित्य राना मगर, भुवन कामी, अन्मोल कार्की, मौसम रोकाया, अन्ज खड्का

मिडफिल्डर: प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्टा भण्डारी, प्रतिष थापा मगर, भुपेश लामा, नासिब हेन्जन, सुषान मगर, सुजन स्याङ्तान

फरवार्ड: समिर कुमार, दिग बिजय शाही, निस कुमार श्रेष्ठ, रोहित श्रेष्ठ