सिरहाको गोल बजारमा एक युवाको अपहरणपछि हत्या भएको छ।
सिरहाको गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका एक युवाको अपहरण गरि हत्या गरेर फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अनन्तराम शर्माले जानकारी दिए।
उनी संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंह रहेको एसपी शर्माको भनाइ छ। अभिषेक गत असोज ५ गते रातिदेखि हराएका थिए।
परिवारले रातभरि खोजतलास गर्दा पनि उनको कुनै खबर पाउन सकेन। परिवारका अनुसार असोज ६ गते बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरणमा परेको र पैसा मागिएको म्यासेज आएको थियो।
उक्त म्यासेज परिवारले प्रहरीलाई जानकारी गराएका थिए। उनको आज बिहान करिव ६ बजे अभिषेक आफ्नै आफन्तको आँप गाछिमा मृत अवस्थामा फेला परेका थिए।
जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अन्न्तराम शर्माले घटना बारे अनुसन्धान भइरहेको जान्कारी दिए।
