आज विश्व पक्षाघात दिवस, नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष अक्टोबर २९ तारिखमा विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न देशमा यो दिवस मनाउने गरिएको छ।

चिकित्सकहरूका अनुसार पक्षाघात एक जटिल शारीरिक समस्या हो। यो मानव मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्छ। मस्तिष्कमा अक्सिजन तथा पोषकतत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ। यसलाई नै पक्षाघात भनिन्छ।

समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ। सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति गुम्नु पक्षाघातका लक्षण हुन्। उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुमपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गडबड हुँदा पक्षाघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *