नेपाल प्रहरीको महानिरीक्षकमा वरिष्ठत् एआईजी दानबहादुर कार्की नियुक्त हुनुभएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठक बिदा भएका चन्द्रकुवेर खापुङको स्थानमा कार्कीलाई आईजीपी बनाउने निर्णय भएको सरकारका प्रवक्ता जगदीश खरेलले बताउनुभयो।

२०५४ सालको चैत्रमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका कार्की ३० वर्षे सेवा अवधि कायम रहे २०८४ सालको चैत्रसम्म प्रहरी महानिरीक्षकमा रहनुहुनेछ। कार्की अहिले उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा प्रमुख हुनुहुन्छ।

गएको भदौ २४ गते भएको जेनजी आन्दोलनकै दिन उहाँले उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी पाउनुभएको थियो । ३० वर्षे सेवा अवधिकै कारण अहिलेका प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ अवकाशमा जाँदै हुनुहुन्छ।

नवनियुक्त महानिरीक्षक कार्की गएको वैशाख १५ गते  डीआईजीबाट एआईजीमा बढुवा हुनुभएको थियो। त्यसको ६ महिनापछि उहाँ प्रहरी महानिरीक्षकमा बढुवा हुनुभएको हो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *