जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मुक्ति पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावमा एकल चिह्नमा चुनाव लड्ने भएका छन्। 

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राई, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीबीच जाँतो (चकिया) चुनाव चिह्न लिएर निर्वाचनमा जाने सहमति भएको हो।

यी साना तीन दलले समान विचारधारा र लक्ष्य भएका अन्य राजनीतिक शक्तिहरूलाई पनि यही साझा चिह्नमा समाहित हुन आह्वान गरेका छन्।

यस कदमलाई दलहरूले विस्तारै तीव्र बाइपोलर हुँदै गएको राष्ट्रिय राजनीतिमा वैकल्पिक गठबन्धन निर्माणको प्रयासका रूपमा अघि सारेका छन्।

आइतबार मात्रै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका ६ नेता छुट्टिँदै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निर्णय गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *