बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ। सोमबार अपराह्न उनको आफ्नै निवासमा निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्ति गरेका छन्। उनले भनेका छन्, ‘ धर्मेन्द्रको निधनले एक युगको अन्त्य भएको छ।एउटा विशाल मेगास्टार, मुख्यधारको सिनेमाका एउटा सच्चा हिरोको पहिचान बनाउनु भएको उहाँ भारतीय सिनेमाको इतिहासमा सधैँ चम्किरहनुहुनेछ।’
भारतीय सञ्चारमाध्यमका अनुसार पत्नी हेमा मालिनी र छोरी इशा देवललगायत अमिताभ बच्चन, आमिर खानलगायतका बलिउड हस्ती आर्याघाट पुगेका छन् ।
