राष्‍ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको निर्वाचन सम्पन्‍न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज निकालेको विज्ञप्तिमा आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको सुरक्षाका लागि राष्ट्रपतिले सेना परिचालनको स्वीकृति दिएकाे उल्लेख छ। सरकारले यसअघि निर्वाचनको लागि सेना परिचालन गर्ने निर्णय गरेर राष्ट्रपतिकहाँ प्रस्ताव पठाएको थियो।

गएको कात्तिक ३० गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत सुरक्षा योजना स्वीकृत गर्ने निर्णय गरेसँगै सेना परिचालनको प्रक्रिया अगाडि बढेको हो। मङ्सिर ४ गते राष्ट्रिय सुरक्षा परिषद्ले पनि सेना परिचालनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो।

तीन चरणको सुरक्षा योजना अनुसार पहिलो चरणको सुरक्षाका लागि सेना खटिनेछ। यस्तै चुनावअघि नै नवयुवाको आन्दोलनमा लुटिएका हतियार फिर्ता गर्न र फरार कैदीबन्दी पक्राउ गर्न पनि सेनासहितको विशेष अप्रेशन सञ्चालन गर्ने सरकारको योजना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *