दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा स्टार क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न आज नेपाल आइपुगेका छन्।

प्लेसिसलाई विराटनगर किङ्ग्सले अनुबन्ध गरेपछि एनपिएल खेल्न काठमाडौँ आइपुगेका हुन्। कतार एयरवेजमार्फत अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्लेसिसले सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्ग्सबाट खेल्ने छन्।

पाँच खेलमा चार जित निकालेर तेस्रो स्थानमा रहेको विराटनगरको अर्को खेल बुधबार लुम्बिनीसँग छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *