नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन्।

बिहान पाैने १२ बजे सुरु हुने पहिलो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसमाने हुनेछन् भने दिउँसो ४ बजे कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।

चार खेलबाट दुई खेल जितेको चितवन आज हुने खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ। चितवनको ४ खेलमा २ जीत र २ हारसहित ४ अङ्क जाड्दै तालिकाको चौथो स्थानमा छ। लगातार चार खेल हारेर अङ्कविहीन हुँदै पुछारमा रहेको जनकपुर आजको खेल जितेर प्लेअफको दौडमा कायमै रहने लक्ष्यमा छ।  

यस्तै आजै हुने अर्को खेल दुवै टोलीका लागि आजको खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ। पोखरा ४ खेलमा १ जीत र ३ हारसहित २ अङ्क जाड्दै सातौँ स्थानमा छ। कर्णालीका लागि भने आजको खेल जित्नैपर्ने छ। कर्णाली ५ खेलमा १ जीत र ४ हारसहित २ अङ्क जोड्दै छैटौँ स्थानमा छ।

प्रतियोगितामा अहिलेसम्म सुदूरपश्चिम ५ खेलमा अपराजित रहँदै १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ। यस्तै काठमाण्डु गोर्खाज् ६ खेलमा ८ अङ्कसहित दोश्रो, विराटनगर ५ खेलमा ८ अङ्कसहित तेस्रो, चितवन राइनोज ४ खेलमा ४ अङ्कसहित चौंथो र लुम्बिनी लायन्स ५ खेलमा ४ अङ्कसहित पाँचौ स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *