नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा आठ सय रुपैयाँले घटेर तोलाको दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको भाउ तोलाको दुई लाख ५४ हजार एक सय रुपैयाँ थियो।
यस्तै आज चाँदीको भाउ पनि ३० रुपैयाँले घटेको छ। आज चाँदी ३० रुपैयाँले घटेर तोलाको तीन हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको भाउ तोलाको तीन हजार ६ सय ५५ रुपैयाँ थियो।
