रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका लागि बिदा दिएको छ। सोमबार गौर नगरपालिकाले सूचना जारी गर्दै विगत चार दिन देखि बढेको चिसोका कारण आजदेखि आउँदो पुष ११ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको हो।

केही दिनदेखि अत्यधिक चिसो बढेका कारण विद्यालयमा पठनपाठनमा असहजता भई बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै नगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिइएको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार ठाकुरले जानकारी दिएका छन्।

बर्खे बिदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा दिइएको ठाकुरले जानकारी दिए। केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *