काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई प्रहरीले पक्राउ गरेको छ। आज बिहान रिजाललाई सुविधानगरस्थित निवासबाटै पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलले जनाएको छ।

गएको भदौ २३ र २४ गते नवयुवा आन्दोलन हुँदा काठमाडौँका प्रमुख जिल्ला अधिकारी रहेका रिजाललाई जाँचबुझ आयोगको सिफारिस अनुसार अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको हो।

रिजालमाथि आन्दोलनमा दमन गरेको आरोप लागेको छ। यसअघि प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *