नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालयमा भएको निर्वाचनमा बादल निर्विरोध दलको नेतामा निर्वाचित भएका हुन्।

दलको नेताका लागि इलामबाट निर्वाचित सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए। मनोनयनपत्र समेत लिइसकेका उनले प्रस्तावक समर्थक नपाएपछि बादल निर्विरोध निर्वाचित भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *