काठमाडौँको शंखरापुरबाट पेस्तोलसहित २ जना पक्राउ परेका छन्। शंखरापुर नगरपालिका–५ सालीनदीस्थित खोला किनारबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली ३ राउन्डसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका-३ घर भएका ३५ वर्षीय राम भन्ने जीवन जिम्बा र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भएका ३४ वर्षीय वीर बहादुर तामाङ रहेका छन्। उक्त स्थानमा लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले नियन्त्रणमा लिने क्रममा जीवनले प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेपश्चात् प्रहरीले जवाफी फायर गर्दा घाइते भएका जीवनको सुस्मा कोइराला मेमोरियल अस्पताल सलम्बुटारमा उपचार भइरहेको छ। 

प्रहरीले हाल फरार अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *