अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकाका दक्षिण तथा मध्य एसिया मामिलाका विशेष दूत एवं भारतका लागि आवासीय राजदूत सर्जियो गोरबीच भेटवार्ता भएको छ।

शुक्रबार दिउँसो अर्थ मन्त्रालयमा मन्त्री वाग्ले र गोरबीच भेटवार्ता भएको हो। भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको अर्थ मन्त्रीको सचिवालयले जानकारी दिएको छ।

नेपाल र अमेरिकाबीच लामो समयदेखिको मित्रतापूर्ण सम्बन्ध रहँदै आएको छ। पछिल्ला वर्षहरूमा पूर्वाधार, ऊर्जा तथा मानव विकासका क्षेत्रमा अमेरिकी सहयोग उल्लेखनीय छ।

गोर बिहीबार साँझ काठमाडाैं आएका हुन्। उनी शनिबार राति नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *