रसुवामा आएको विनाशकारी बाढीपछि हालसम्म ३ सय ५९ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बाढीपछिको खोज तथा उद्धारका क्रममा उक्त संख्यामा शव फेला परेको हो।

प्राधिकरणले अहिलेसम्म सम्पर्कविहीन भएका मानिसहरूको सङ्ख्या ९१० पुगेको जनाएको छ। प्राधिकरणका अनुसार तीमध्ये ५१७ जना विदेशी नागरिक र ७२ जना सुरक्षाकर्मी हुन्।

अहिलेसम्म ३५१ जनालाई प्रभावित ठाउँबाट उद्धार गरेको प्राधिकरणले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *