काठमाडौँ । अघिल्लो कारोबार दिन अर्थात सोमबार सामान्य अंक बढेर बन्द भएको नेप्से, आज भने घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ६ दशमलव २४ अङ्कले घटेर दुई हजार ६७ दशमलव २९ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १ दशमलव १६अङ्क घटेको छ भने फ्लोट इण्डेक्स शुन्य दशमलव ४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स शुन्य दशमलव ४२ अंक घटेको छ।

समग्र नेप्से परिसुचक घटेपनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो दिन २ अर्ब ८८ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३०७ स्टकको ६३ हजार ८०१ पटकको कारोबारमा ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ बराबरको ९४ लाख ७८ हजार कित्ता शेयर कारोबार भएको छ।

आज बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी, सर्वोत्तम सिमेन्ट र धौलागिरी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, इन्फिनिटी लघुवित्त, भगवती हाइड्रोपावर र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाईमूल्य सर्वाधिक ७.०८ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। शिवम् सिमेन्टको २५ करोड ९७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये आज ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *