काठमाडौँ । धनगढी विमानस्थलमा श्री एयरलाइन्सको जहाज दुर्घटना हुनबाट जोगिएको छ । जहाजमा प्राविधिक समस्या आएपछि विमानस्थलमै ग्राउण्डेड गरिएको थियो ।

जहाज अवतरण गरेर पार्किङ गर्ने क्रममा अगाडिको चक्काको बेरिङ पड्किएपछि ग्राउण्डेड गरिएको विमानस्थल प्रमुख गणेश बहादुर सिंहले बताए । कलसाइन एएनएच २२७ नम्बरको सो जहाज सोमबार साँझ काठमाडौँबाट धनगढी गएको थियो ।

जहाजमा आएको समस्या समाधानका लागि प्राविधिक टोली आएर जाँच गरिरहेको छ । मर्मत गरेर उडान योग्य भएपछि मात्रै उडान गर्ने अनुमति दिइने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *