काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको पात्लेपानीमा आगलागी क्षेत्रको स्थलगत अनुगमन गरी प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरेका छन् ।
प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत राहत हस्तान्तरण गर्ने भए पनि पीडित परिवारलाई चाँडो सहयोग गर्ने उद्देश्यले घरमै आएर रकम भुक्तानी गरेको हुन् । मानवीय क्षतिको अगाडि आर्थिक सहयोग नगन्य हुने भएता पनि पीडित परिवारलाई केही भए पनि राहत होस् भन्ने उद्देश्यले रकम भुक्तानी गरिएको हो ।
हतुवागढी-७ पात्लेपानीमा चैत्र ३ गते आगलागी भई मृत्यु भएका बालबालिकाका परिवारलाई प्रति परिवार रु. एक लाखका दरले आर्थिक सहयोग प्रदान गरिएको हो । आगलागीमा परी पाँच वर्षीय प्रनिष कार्की, सात वर्षीया दिप्सिका कार्की र तीन वर्षीय दिउनिस कार्कीको मृत्यु भएको थियो ।
