काठमाडौं । सप्तकोसी नदीमा डुंगाबाट लैजादै गरेको १६४ किलो गाँजा सशस्त्र प्रहरीले मध्यरातमा बरामद गरेको छ । आज बिहान १:३० बजेको समयमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तोकोशी नदीको किनाराबाट गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराले ५-६ जना व्यक्तिहरुको समूहले डुँगाबाट गाँजा निकाल्दै गरेको अवस्थामा बरामद गरेको सुरक्षा बेस चतराले जनाएको छ ।
रातको समय भएकोले डुंगा लिई ब्यक्तिहरु फरार भएको र नियन्त्रणमा लिएको गाँजा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चक्रघट्टीमा बुझाइएको थापाले बताए ।
