काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेले तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले गृहमन्त्री लामिछानेले एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका हुन् ।

सडकदेखि संसदसम्म चौतर्फी विरोध भैरहेको अवस्थामा पनि लामिछाने पदमा बसिरहनुको पछाडि ठूलो रहस्य लुकेको त छैन भन्ने नेता कोइरालाकाे भनाइ छ । उनका अनुसार ‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भैहाल्यो,’।

सत्तागठबन्धनले ठूलो बदमासी गरिरहँदा पनि काठमाडौँका सचेत नागरिकहरु चुपचाप बसिरहँकोमा आफू अचम्मित भएको बताएका छन् ।