काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा घोराही सिमेन्टकाे बोनस शेयर बिहीबार सूचीकृत भएको छ । घोराही सिमेन्ट कम्पनीको १५ प्रतिशत अर्थात ५९ लाख ५७ हजार ८५१ कित्ता बोनस शेयर नेप्सेमा बिहीबार सूचीकृत भएको हो ।

पुष २९ गते सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले घोराही सिमेन्ट्स इन्डस्ट्री लिमिटेडले आर्थिक वर्ष (आव) २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको थियो । उक्त बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने छ ।

साधारण सभामा घोराही सिमेन्टले प्रतिकुलताका बाबजुद आव २०७९/८० मा ६ करोड ३१ लाख मुनाफा आर्जन गरेको र आ.व. २०८०/०८१ को  मङ्सिर महिनासम्म १ अर्ब ४२ करोड २५ लाख बराबरको सिमेन्ट बिक्रि गर्न सफल भएको अध्यक्ष पुरुषोत्तम लाल संघईले जानकारी दिएका छन् ।  

आ.व. २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजी ३ अर्ब ९७ करोड १९ लाखको १४.२५ प्रतिशतका दरले ५६ करोड ५९ लाख रुपैयाँ बराबरको वोनस सेयर र ०.७५ प्रतिशतका दरले ९ कर प्रयोजनका लागी २ करोड ९७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ । 

हाल कम्पनीको अधिकृत पूँजी ६ अर्ब ८० करोड र जारी तथा चुक्ता पूँजी ३ अर्ब ९७ करोड १९ लाख रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका दरले बोनस सेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा वृद्धि भई ४ अर्ब ५३ करोड रुपैयाँ कायम हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *