काठमाडौँ । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाही तिन दिनपछि मृत अवस्थामा भेटिएका छन् ।
गत सोमबार कर्णाली पुलबाट नदीमा हाम फाल्दा बेपत्ता भएका लम्कीचुहा नगरपालिका–३ चिसापानीका करिब ३० वर्षीय लोकेन्द्र शाहीको शव आज भेटिएको हो ।
आज दिउँसो टीकापुर नगरपालिका वडा नम्बर २ स्थित सनकट्टी घाटमा शाहीको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगतै ईलाका प्रहरी कार्यालय टीकापुरको प्रहरी टोली शव भेटिएको स्थानमा पुगेको थियो ।
भेटिएको शव शाहीकै भएको र प्रहरीले मुचुल्का उठाउने काम गरिरहेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो ।
