काठमाडौँ। सोमबार धनगढीबाट बझाङका लागि उड्नै लागेको समिट एयरको जहाट ग्राउन्डेड गरिएको छ । जहाजको दुवैतिरको पङ्खा नजिकबाट इन्धन चुहिएको देखिएपछि इन्जिन बन्द गरेर जहाजलाई ग्राउन्डेड गरिएको हो ।
यात्रुले इन्धन चुहिएको देखेपछि एयर होस्टेसलाई जानकारी गराइ एयर होस्टेसले चालक दलका सदस्यहरुसंग तत्काल समन्वय गरी ग्राउन्डेड गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
ग्राउन्डेड गरिएपछि अग्नी नियन्त्रकको टोलीले जहाजलाई निरीक्षण गरेको र अवस्था सामान्य भएको जनाएको छ । प्राविधिक टोली काठमाडौँबाटआएर परीक्षण गरेपछि मात्र उडान सेवा सुरु गरिने समिट एयरका कर्मचारीले बताएका छन् ।
