काठमाडौँ । फेवातालमा अचानक आएको हावाहुरीको कारण डुंगा पल्टिएर दुर्घटनामा परेकी युवतीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । काठमाडौँ महानगरपालिका–१७ सामाखुसी बस्ने २५ वर्षीय अग्नि देवकोटाको सकुशल उद्दार गरिएको हो ।

दुर्घटना भएको जानकारी प्राप्त गर्नसाथ फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरमा खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले तत्कालै सकुशल उद्धार गरी किनारमा ल्याएको सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताएका छन् । उनको अवस्था सामान्य रहेको बताइएको छ ।