नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेशका सांसद तथा मन्त्री घनश्याम चौधरीलाई ३ महिनाका लागि निलम्बनमा परेका छन् । यसअघि पार्टीको चैत्र १४, १५ र २५ गतेको बैठकमा उपस्थित नभएको अध्यक्ष श्रेष्ठलाइ पेश गरेको स्पष्टीकरण पत्र चितबुझ्दो नभएकाले चौधरीलाई तीन महिनाका लागि पार्टीबाट निलम्बन गरिएको हो।

अध्यक्ष चौधरीले पार्टीको अन्तरिम विधान ०७८ धारा (१७) क को उपधारा २, ४ र ५ को प्रावधानअनुरुप पार्टीको केन्द्रीय कमिटीको शुक्रबारको निर्णयअनुसार निलम्बन सिफारिस गरिएको उल्लेख गरेकी छिन् । यसअघि अध्यक्ष श्रेष्ठकै सिफारिमा सांसद इन्दिरा गिरीलाई सभामुख भण्डारीले पदबाट निष्कासन गरिसकेका छन् ।

यसअघि संस्थापक अध्यक्ष श्रेष्ठले सांसद चौधरीलाई संसदीय दलको नेताबाट हटाएर कैलाश चौधरीलाई जिम्मेवारी तोकेकी थिइन् । त्यस्तै उनले समानुपातिक सांसद समेत रहेकी राज्यमन्त्री इन्दिरा गिरीलाई कारबाही गरेकी थिइन् । सुदूरपश्चिमा नाउपाका अब ६ जना सांसद छन् । यद्यपि बहुमत सांसद भने संरक्षक चौधरीतिर रहेका छन् । चौधरीको पक्षमा भने चार जना सांसद खुलेका छन्।

naupa