काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनल खेल ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपालले आज संयुक्त अरब इमिरेट्ससँग हुँदैछन्। पहिलो सेमिफाइनमा नेपालले आज यूएईसँग खेल्दैछ। खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरू हुनेछ।

गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका नेपाल र यूएईले यो पटक सेमिफाइनलमै खेल्न लागेका हुन् । नेपाल साविकको विजेता टोली पनि हो। नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने युएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।

नेपालले युएईसँग अहिलेसम्म ९ वटा टी-२० खेलेको छ। जसमा पाँच खेलमा नेपाल र चार खेलमा युएई विजयी भएको छ।

त्यसैगरी फाइनल प्रवेशकै लागि आज अर्को खेलमा ओमान र हङकङबीच हुनेछ। ओमान र हङकङबीचको खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ। आजको खेलमा विजेता टोली फाइनलमा पुग्नेछन्। तेस्रो स्थानको खेल भोलि र फाइनल खेल आइतवार हुनेछ। यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ।