काठमाडौँ । राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएको हो।
क्यानका अनुसार कप्तान इन्दु बर्मासहित रुविना क्षेत्री, सीता रानामगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसिया सुपर वुमन्स कप खेल्ने जनाएको छ । प्रतियोगिता मलेसिया क्रिकेट संघको आयोजनामा हुन लागेको हो ।
मलेसिया सुपर वुमन्स कप यही अप्रिल २४ तारिख अर्थात् आउँदो बुधवार १२ गतेदेखि मे ५ तारिख अर्थात् वैशाख २३ गतेसम्म मलेसियामा हुनेछ ।
