ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका ६, मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा एक समारोहकाबिच तुल्सीपुर उप–महानगरपालिका प्रमुख टिकाराम खड्काको प्रमुख आथित्यतामा नयाँ एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेको छ ।
उप-महानगरपालिकामा सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । उक्त एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् ।
यो काउन्टर सञ्चालनमा आएसँगै ग्लोबल आइएमई बैंकका ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन् ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । यस बैंकका ४६ लाख भन्दा बढी ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।
