काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । गएराति चेन्नईमा भएको खेलमा २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ४ विकेटको क्षतिमा ३ बल बाँकी छँदै जित निकालेको हो ।

लखनउको जितका लागी स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय २४ रन बनाउँदै टोलीलाई जित दिलाएका थिए । निकोलस पोरनले ३४, दीपक हुड्डाले नकआउट १७ रन, कप्तान केएल राहुलले १६ र देवदत्त पडिकलले १३ रन बनाएका थिए । चेन्नईका मथिसा पथिरानाले २, दीपक चहर र मुस्ताफिजुर रहमानले समान १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको आमन्त्रण पाएको चेन्नईले कप्तान रितुराज गायकवाडको शतकको मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो । गायकवाडले नटआउट रहँदै ६० बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै १ सय ८ रन जोडे । त्यस्तै शिवमले २७ बलमा ७ छौंका र ३ चोका साथ ६६ रन बनाए । रविन्द्र जडेजाले १६ र ड्रेल मिचेलले ११ रन जाडेका थिए । महेन्द्रसिंह धोनीले १ बलमा नकआउट १ चौका प्रहार गरे । लखनउका लागि म्याट हेनरी, मोसिन खान र यश ठाकुरले समान १ विकेट लिए ।

लखनउ ८ खेलमा ५ जित र ३ हारका साथ १० अंकसहित चौथो स्थानमा उक्लेको छ । समान खेलमा ८ अङ्कका साथ चेन्नई पाँचौँ स्थानमा छ। दोस्रो स्थानको कोलकाता नाइट राइडर्स र तेस्रो स्थानका सनराइजर्स हैदरावादको पनि समान १० अंक छ। शीर्षस्थानको राजस्थान रोयल्सको १४ अंक छ।

आईपीएलमा आज दिल्ली क्यापिटल्स र गुजराज टाइटन्स खेल्दैछन् । यो खेल वेलुका पौने ८ बजे दिल्लीमा शुरु हुनेछ ।