गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक जना महिलाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर-२ छापटोला निवासी ४३ वर्षकी खुमकला थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लडेर घाइते भएकी थापालाई उपचारका लागी गुल्मीको जिल्ला अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
