काठमाडौँ ।  सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ बहादुर साेडारीले विश्वासको मत लिने प्रयाेजनका लागि दाेस्रोपटक शनिबार बाेलाइएकाे बैठक पनि स्थगित भएको छ । शनिबार साँझ साढे ५ बजे बाेलाइएकाे बैठक अर्को सूचना जारी नभएसम्म भन्दै अनिश्चितकालका लागी स्थगित गरेको प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै जनाएको हो ।

मुख्यमन्त्री साेडारीले बिना सल्लाह विश्वासको मत लिन हतार गरेको भन्दै सत्तारूढ नेकपा एमालेले तत्काल सम्भव नहुने अडान लिएपछि शुक्रबार पनि प्रदेश सभाको बैठक स्थगित गर्दै शनिबार लिने तयारी थियो ।

तर एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र प्रमुख सचेतक नेतृत्वसँग सल्लाह गर्ने भन्दै काठमाडौँ हिडेपछि प्रदेशसभा बैठक अनिश्चितकालसम्मका लागी सारिएको हो ।