काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ साल वैशाख २४ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै अमेरिकी एक डलरको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा र बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ०९ पैसा र बिक्री दर १६७ रुपैयाँ ८५ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ।
अन्य विदेशी मुद्राको आजको विनिमय दर कति ?

