काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज एकैदिनमा तोलामा दुई हजार तीन सय रुपैयाँले बढेर १ लाख ३७ हजार ९०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाल सुन तोलाको एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन तोलाको एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला १७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।