काठमाडौँ । हेटौंडा-सिन्धुली सडकअन्तर्गत मकवानपुरको वाग्मती गाउँपालिका–४ सादेपुलमा गएराति स्कुटर दुर्घटना एकजनाको मृत्यु भएको छ ।
बुधबार राति फापरबारीबाट हेटौंडातर्फ आउँदै गरेको ना ६६ प ९३०३ स्कुटर र विपरीत दिशाबाट रड बोकेको जाँदै गरेको ना ७ त २२५९ नम्बरको ट्याक्टर ठोक्किएर दुर्घटना हुँदा हेटौंडा–१३ का ४५ वर्षीय केशव मुडभरीको मृत्यु भएको हो । उनको अनुहार र टाउकोमा गहिरो चोट लागेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मुडभरीको उपचारका क्रममा हेटौंडा अस्पतालमा राति ९ बजे मृत्यु भएको मकवाननपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। उनी विद्यालय सञ्चालक र स्टेसनरी व्यवसायी समेत हुन्। उनले केही वर्ष पत्रकारितासमेत गरेका थिए।
प्रहरीले राति नै घटनास्थलबाट ३ किलोमिटर उत्तरतर्फ भोर्लेनीबाट काभ्रेको तालढुंगा जाने भित्रि सडक खण्डमा रोकिराखेको ना ७ त २२५९ नम्बरको रड लोड भएको ट्याक्टर नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय फापरवारीले जनाएको छ।
