काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज २०८१ साल जेठ ७ गते सोमबार सन् २०२४ मे २० तारिखका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा पुगेको छ।
यस्तै, आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर१४५ रुपैयाँ २९ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ७४ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ ४५ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ६३ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ ५१ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

