काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)को यात्रा प्लेअफमा पुगेर समाप्त भएको छ । गएराती भएको खेल फाइनल सम्भावना कायम राख्न जित्नै पर्नेमा राजस्थान विरुद्ध ४ विकेटले पराजित हुँदै आरसिबि बाहिरिएको हो । आरसिबीले दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

राजस्थानका लागि यशस्वी जैसवालले ३० बलमा आठ चौका सहित सर्वाधिक ४५ रन बनाए । त्यस्तै २६ बलको सामना गरेका रियान पराग दुई चौका र दुई छक्कासहित ३६ रन जोडे । टम कोहलर–क्याडमोर २०, धुव्र जुरेलले ८ रनको योगदान दिए । सञ्जु सैमसनले १७ रन बनाउँदा सिमरोन हेटमायर २६ रन बनाएर आउट भए । आरसिबिका लागि मोहम्मद सिराजले २ विकेट लिँदा लोकि फर्गुसन, कर्न शर्मा र क्यामरन ग्रीनले समान १-१ विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम टस हारेर ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । आरसिबिका लागि रजत पतिदरले २२ बलमा बनाएको ३४ रन नै सर्वाधिक रह्यो । यस्तै विराट कोहलीले ३३ रन बनाउँदा महिपाल लोम्रोरले ३२ रन जोडे । क्यामरन ग्रीनले २७ रन बनाए । राजस्थानका लागि आवेश खानले ३ तथा रविचन्द्रण आश्विनले २ विकेट लिए । ट्रेन्ट बोल्ट, सन्दिप शर्मा र युजभेन्द्र चहलले १-१ विकेट लिए ।

राजस्थानले अब क्वालिफायर १ को पराजित टोली सनराईजर्स हैदराबाद विरुद्ध फाइनल प्रवेशका लागि आउँदो शुक्रवार खेल्नेछ । हैदराबादलाई हराउँदै कोलकत्ता नाइट राइडर्स यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । कोलकाता सिधै फाइनल पुगिसकेको छ। दोस्रो क्वालिफायरको विजेताले कोलकातासँग फाइनल खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *