काठमाडौँ । सरकारले स्वास्थ्य मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी दिए ।

त्यस्तै, वैकल्पिक उपचार पद्धतीका लागि समेत रू २४ करोड विनियोजन गरिएको अर्थमन्त्री पुनले बताए ।