काठमाडौँ । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा यूएईसँग पराजित भएको छ । साउदी अरेबियाको दम्मानमा रहेको प्रिन्स मोहम्मद विन फहद स्टेडियमा भएको खेलमा युएईले नेपाललाई ४-० गोलअन्तरले पराजित गरेको हो ।
युएईका हरिब अब्दुल्लाह अल्मुशरखले खेलको पहिलो हाफमा दुई गोल गरेर अग्रता लिएको थियो भने दोस्रो हाफमा अली सलेह अम्रो र हाजिम अब्बासले समान एक-एक गोल थप गरेका हुन्। युएईका लागि हरिब अब्दुल्लाह अल्मुशरखले दुई गोल गरे भने अली सलेह अम्रो र हाजिम अब्बासले समान एकरएक गोल गरे ।
अल्मुशरखले खेलको १२औँ र १४औँ मिनेटमा गोल गरेका थिए भने अम्रोले ५३औँ र अब्बासले ७५औँ मिनेट गोल गरेपछि यूएईले जित हासिल गरेको हो । नेपालले समूह एचमा लगातार पाँच हार बेहोरेको छ ।
समूह ‘एच’ मा रहेको नेपालले यसअघि चारै खेलमा पराजय भोगेको थियो । नेपाल युएईसँगको पहिलो खेलमा ४-०ले पराजित भएको थियो । त्यस्तै यमनसँग २-० ले पराजित भएको नेपाल बहराइसँगको पहिलो खेल ५-० र दोस्रो खेल ३-० ले हारेको थियो । प्रतियोगितामा अहिलेसम्म नेपालले खेलका पाँच खेलमा एक गोल पनि गर्न सकेको छैन ।
जितसँगै यूएईले १५ अङ्क जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा छ । पाँचवटै खेलमा पराजित भएको नेपाल भने अङ्क विहीन छ । नेपालले अन्तिम खेलमा यही जेठ २९ गते यमनसँग खेल्नेछ ।
