सिन्धुपाल्चोकमा मध्यराति भूकम्प गएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भूकम्पको धक्का ठूलै महसुस गरे पनि कुनै क्षतिको जानकारी नआएको बताएका छन्। ‘राति ठूलै कम्पन महसुस भएको थियो। तर क्षतिको जानकारी पाएका छैनौं,’ उनले भने।
गएराति हेलम्बुमा गएको भूकम्पको धक्का धादिङ, तनहुँ, चितवन, मकवानपुर लगायतका छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो। २०७२ सालको गोरखा भूकम्प बिर्सि नसकेका सर्वसाधारण फेरि त्रसित भएका छन् ।
