आज राति हुने युरोकपको फाइनलमा स्पेन र इङ्ल्याण्ड भिड्दैछन् । नेपाली समयअनुसार फाइनल खेल आज राति १२:४५ बजेदेखि जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा सुरू हुनेछ ।
सेमिफाइनलमा स्पेन फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने इङ्ल्याण्ड नेदरल्याण्ड्सलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो ।
२०२० मा सम्पन्न युरोकपमा इङ्ल्याण्ड फाइनलमा इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो । जुन लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दैछ । तीन पटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौं पटक युरोकपको फाइनल खेल्दैछ ।यसअघि स्पेनले सन् १९६४, २००८ र २०१२ मा उपाधि जितेको थियो ।
अहिलेसम्म स्पेन र इङ्ल्याण्ड २७ पटक आमनेसामने भएका छन् जसमा स्पेनले १३ पटक जितेको छ भने इङ्ल्याण्डले १४ खेल जितेको छ र ३ खेल बराबरीमा सकिएका छन् ।
