नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुन प्रतितोला २ हजार ४०० रुपैयाँ र चाँदी तोलामा ५५ रुपैयाँ घटेको जनाएको छ।

बुधबार तोलाको १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज दिन १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज दिन तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज दिन चाँदीको मूल्य प्रतितोला १ हजार ७५० रुपैयाँ रहेको छ। अघिल्लो दिन अर्थात बुधबार, चाँदी प्रतितोला १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *